site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से २७ सय विन्दु तल, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७.७५ अंकले घटेको छ । नेप्से आज २७ सय विन्दु तल झरेको छ । यस दिन नेप्से परिसूचक ०.२८ प्रतिशत घटेर २,६९८.२८ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम बढेर आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

Argakhachi Cement Island Ad

आज ११२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयरमूल्य घटेको छ । सिटी होटेलको सेयरमूल्य भने स्थिर छ ।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र नेपाल हाइड्रो डेभलपमेन्टको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी सात समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्