
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८२ को अवसरमा 'न्यू एयर, न्यू भर्सन' अभियान थालेको छ । टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफर ल्याइएको जनाएको छ ।
अफरमा दुई लाख ८२ रुपैयाँसम्मको क्यासब्याक र निश्चित उपहार ९८ इन्च, ८५ इन्च, ७५ इन्च एलइडी टीभीमा साउन्ड बार र वासिङ मेसिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट दिइनेछ ।
फ्रिजमा मिक्सर ग्राइन्डर र वाटर डिस्पेन्सर र साउन्ड बारमा ठूलो छुट हुने कम्पनीले जनाएको छ ।
पुरानो साटेर नयाँ टीसीएल मोडेल लिनेलाई निःशुल्क एक्स्चेन्ज अफर रहेको कम्पनीले जनाएको छ ।
शून्य प्रतिशत ब्याजमा ईएमईमा 'अहिले किन्नुहोस्, पछि तिर्नुहोस्' भन्ने सहज किस्ताबन्दी उपलब्ध गराइनेछ ।
यो योजना चैत २६ गतेदेखि नेपालभरि लागु भएको कम्पनीले जानकारी दिएको छ ।