site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बारमा नयाँ नेतृत्व, सबै पदमा मिश्रको प्यालन निर्वाचित

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्रको प्यानल निर्वािचत भएको छ । पाँचहजार ५२ मत ल्याएर मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुईहजार ६२१ मत पाए । मिश्रले श्रेष्ठलाई दुईहजार ४३१ मतान्तरले हराएका हुन् ।

अध्यक्षमै उमेदवारी दिएका राजु कैतीले ४८, उज्वल घिमिरेले ४५ र आशिष पौडेलले ५४ मत ल्याए ।

यसैगरी, उपाध्यक्षमा पनि महिलासहित सबै प्रदेशबाट मिश्रकै प्यालन निर्वाचित भएको छ । उपाध्यक्ष कोसी प्रदेशमा पदमप्रसाद लिम्बुले पाँचहजार २०० मत पाएर निर्वाचित भए । उनीसँग पराजित भएका कर्णबहादुर राईले दुईहजार ११६ मत पाए ।

उपाध्यक्ष मधेस प्रदेशमा निर्वाचित अजयशंकर झाले पाँचहजार २५२ मत ल्याए । अर्का प्रत्याशी प्रमोदप्रसादले दुईहजार २० मत पाए ।

उपाध्यक्ष वाग्मती प्रदेशमा निर्वाचित तेजबहादुर रावलले पाँचहजार ६ मत ल्याए । अर्का प्रत्याशी डकेन्द्रप्रसाद सुवेदीले दुईहजार ४५६ पाएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा निर्वाचित भूपेन्द्र खनालले पाँचहजार ५६ मत ल्याउँदा सुकदेव गौतमले दुई हजार २३२ मत पाएका छन् । 

यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्ष निर्वाचित कृष्णप्रसाद पोख्रलेले पाँचहजार १६७ मत ल्याउँदा अर्का प्रत्याशी तीर्थराज ज्ञवालीले दुईहजार ८० मत ल्याए ।

कर्णली प्रदेश उपाध्यक्षमा निर्वाचित विवशकुमार बस्नेतले पाँचहजार ४४ मत ल्याए । अर्का प्रत्याशी धर्मराज न्यौपानेले दुईहजार १८४ मत पाए ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा निर्वाचित सिद्धराज ओझाले पाँचहजार १५१ मत पाए । प्रतिस्पर्धी पदमराज शर्माले दुईहजार ६४ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा निर्वाचित सरस्वती श्रेष्ठले चारहजार ६२० मत ल्याइन् । प्रतिस्पर्धी बिना श्रेष्ठले दुईहजार ७६७ मत पाएकी छन् । बिना हार्ने टिमबाट सबैभन्दा बढी मत ल्याउने उमेदवार बनेकी छन् । 

महासचिवमा निर्वाचित केदारप्रसाद कोइरालाले चारहजार ८७४ मत ल्याए । उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुईहजार ३६७ मत पाएका छन् । अर्का उमेदवार हरिशरण कार्कीले २४० मत पाएका छन् ।

कोषाध्यक्ष निर्वाचित जगतबहादुर कार्कीले पाँचहजार ८७ मत पाएका छन् । अर्का प्रत्याशी दीपक राईले एकहजार ९५० मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले ३२७ मत पाएका छन् ।

यसैगरी, खुलातर्फ सदस्यमा किरण न्यौपाने पाँचहजार १७८ मत, शारदा गुरुङ पाँचहजार १७६, दमनबहादुर चन्द पाँचहजार ६, मुकुन्द अधिकारी पाँचहजार ४५, बाबुराम अर्याल चारहजार ८७५ र माधव मैनाली चारहजार ८० मतसहित निर्वाचित भए । महिला खुलातर्फ रञ्जिता कार्की चारहजार ६३७ मतसहित निर्वाचित भएकी छन् ।

दलित कोटामा चिरञ्जीवी तिल्क्यानी चारहजार ७३७, मधेसी/मुस्लिमतर्फ (उपत्यकाबाहिर) सूर्यकुमार यादव चारहजार ७१८, मधेसी/मुस्लिम (खुलातर्फ) रिंकुकुमारी यादव पाँचहजार २३०, आदिवासी जनजाति (उपत्यकाबाहिर) राजकुमार श्रेष्ठ पाँचहजार ७२, आदिवासी जनजाति (खुलातर्फ) मंगलसुन्दर शिल्पकार चारहजार ९४३, महिला (उपत्यकाबाहिर) अधिवक्ता इन्दिरा आचार्य पाँचहजार २५१, केन्द्रीय सदस्य (उपत्यकाबाहिर) किरण पौडेल पाँचहजार १४८ मतसहित निर्वाचित भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro