अर्थ व्यवसाय

काठमाडौं । ऊर्जाविज्ञ प्रवल अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले मंगलबार आफ्नो पदबाट राजीनामाका दिएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञका रूपमा नियुक्त भएका अधिकारीले ऊर्जामन्त्री दीपक खड्काको कार्यको चित्त नबुझेको भन्दै राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट उपकार्यकारी निर्देशक अवकाश भएका अधिकारी भदौदेखि मन्त्रालयको ऊर्जा विज्ञको रूपमा कार्यरत थिए । मन्त्रालय विशिष्ट श्रेणीको पद सिर्जना गर्दै उनलाई ऊर्जाविज्ञमा नियुक्ति दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्