site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र लिङदेनको आरोप– प्रहरी प्रमुख एमालेको युवासंघका सहअध्यक्ष हुन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरी प्रमुखमाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार राप्रपाले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभामा लिङदेनले देशको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका प्रहरी प्रमुख सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको आरोप लगाए ।

लिङदेनले देशको गृहमन्त्री र आईजीपीको निर्देशनमा प्रहरी परिचालन गरिएको ठानिएकामा एमालेको भ्रातृ संस्थाले परिचालन गरेको आरोप लगाए ।

“अहिलेको गृहमन्त्रीले आदेश दिए होलान्, आईजीपीले आदेश दिए होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् त,  हेर्नुस् त !,” लिङदेनले भने ।

तीनकुने घटनालाई प्रहरी प्रमुखले गरेको ‘ब्रिफिङ’बाट उनी एमाले पुष्टि भएको लिङदेनको आरोप छ ।

“त्यो हिंसा राज्यको तर्फबाट गरिएको हिंसा थियो । हामी कुनै पनि अराजकतामा हाम्रो भविश्य देख्दैनौँ,” उनले भने, “त्यो दिनसुनियोजित तरिकाबाट राज्यले हिंसा भड्कायो मात्र होइन । दुई दर्जन बढीलाई गोली लाग्यो, दुईजनाको ज्यान गयो, कयौँ घाइते भए त्यसको कुनै हिसाब छैन । भौतिक क्षति कति भयो त्यसको हिसाबकिताब छैन । त्यसको मूलमा राज्य जिम्मेवार छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro