site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशमा ‘रावण’को शासन छ : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनीले देशमा ‘रावण’को शासन रहेको आरोप लगाएका छन् । मंगलबार राप्रपाले काठमाडौंको बल्खुमा आयोजना गरेको सभामा उनले नेताहरूमा रावण प्रवृत्ति मौलाएको टिप्पणी गरे । 

“नेपालमा अहिले रावणहरूको शासन छ । रामनवमी भर्खरै गयो । रावण भनेको अहंकार, घमण्ड हो । सर्वसाधारणलाई गरेको उपेक्षा छ । मैले जे गरे पनि हुन्छ भन्ने रावण प्रवृत्ति हो,” उनले भने ।

लोहनीले जनताको मत र बल रावण प्रवृत्तिमा गएको टिप्पणी गरे । उनले त्यस प्रवृत्तिलाई मास्ने दाबी गरे । “रावण प्रवृत्ति बढेर गएको छ । यस प्रवृत्तिले नेपालको इज्जत र सम्मानमा प्रहार गर्छ । विश्वमा छवि धुमिल पार्छ,” उनले भने ।

संविधानभित्रको राजसंस्था चाहिन्छ भन्ने पार्टीको धारणा रहेको बताए । उनले नवीन समझदारीका लागि आफूहरू तयार रहेको सुनाए । 

“तपाईंहरूको हामीले विरोध गरिरहेका छौँ, किनभने गल्ती गरिरहनुभएको छ । जनतालाई शोषण गरिरहनुभएको छ । आमजनतालाई केही दिन सक्नुभएको छैन । आफ्नो पेट भरिराख्नुभएको छ,” उनले भने, “त्यो छोड्नुस् । देश कसरी अघि लैजाने भन्ने कुरामा एउटा नवीन समझदारी गर्न प्रयास गरौँ । तयार, हुनुस्, आस्था, देश बचाउनका लागि हामी तयार छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro