site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारद्वारा शिक्षकहरूलाई वार्तामा आउन पुनः आह्वान

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूलाई बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको हाे ।

शुक्रबार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरू वार्तामा सहभागी भएनन् । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।

उनले शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेका र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको बताइन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीबार साँझ पनि सरकारसँग शिक्षकहरूको वार्ता भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro