site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकारात्मक रह्यो सेयर बजार, सात अर्ब ८४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सकारात्मक रहँदै बन्द भएको छ । बिहीबार (चैत २१)को कारोबारमा बजार ३.३५ अंकले बढेर बन्द भएको हो । योसँगै बजार २७०३.३९ विन्दुमा कायम छ ।

यस दिन ९३ कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजारसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । सात अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बु्धबार (चैत २०) पाँच अर्ब ४४ करोडको सेयर खरिद–बिक्री भएको छ ।

एक करोड ५५ लाख कित्ता सेयर ६९ हजारपटकमा किनबेच भयो । ग्रीन भेन्चर्स लिमिटेडको सेयर सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६ रुपैयाँले बढेर ५०५ पुगेको छ ।

सुपरमादी हाइड्रो, राधी विद्युत्, एनएलजी इन्स्योरेन्स, नेपाल एसबीआई बैंक, म्युचअल फन्ड उच्च कमाउने शीर्ष स्थानका कम्पनी रहे ।

उपकार लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, बोटलर्स नेपाल (बालाजु), कुमारी सबल योजना उच्च गुमाउने कम्पनीको शीर्ष स्थानमा परे ।

बजार सकारात्मक रहँदा बैंकिङ, निर्जीवन बिमा, जलविद्युत् र अन्य सूचक समूह बढेका छन् । बैंकिङ सेक्टर १.१०, निर्जीवन बिमा ०.६४, जलविद्युत् ०.०३ र अन्य सूचक १.२९ प्रतिशतले बढे । बाँकी समूह सूचक राताम्य देखिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro