
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र र नियुक्त गरिएका हितेन्द्रदेव शाक्यको मुद्दामा सुनुवाइ लम्बिएपछि अरू ३० मुद्दा 'हेर्न नभ्याइने'मा परेका छन् ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा रहेका ३२ मुद्दामध्ये कुलमानको 'क' र हितेन्द्रदेवको 'ख'मा परेका थिए । तर, बिहानदेखि अहिलेसम्म कुलमानको मुद्दामा सुनुवाइ जारी छ । हितेन्द्रबाहेक सबै मुद्दा 'हेर्न नभ्याइने' भनेर पेसी सूचीमा जनाइसकिएको छ ।
यही चैत १४ गते दर्ता भएका रिटमा सुनुवाइ गर्दै चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कुलमान र हितेन्द्रका दुवै मुद्दामा अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई डाकेर चैत १७ गतेको पेसी तोकेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंका सुवेदीको इजलासमा चैत १७ गते हेर्न नमिल्नेमा परेपछि आजका लागि पेसी सरेको थियो ।