site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा सांसदहरूले तीनकुनेमा जस्तै संसद्‌भित्र पनि हुलहुज्जत गर्न खोजे : बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले तीनकुनेमा जस्तै संसद्‌भित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आरोप लगाएका हुन् । उनले संसद्‌भित्र राप्रपा सांसदहरूले गरेको क्रियाकलापबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा गम्भीर समिक्षा गर्ने समेत बताए ।

राजावादीको नाममा संविधानले नचिनेका शब्दहरू सदनभित्र मात्र नभइ सदनबाहिर समेत कानुनविपरीत रहेको उनको तर्क छ ।

उनले भने, "संविधानमा नलेखिएका शब्दहरू संसद्का कल्चरहरूमा यस्ता विषयहरू आउन सक्दैनन् । यी पूर्व भइसकेका विषयहरू हुन् । राजावादीको नामबाट संविधानले नचिनेका शब्दहरू जे कुरा भइरहेको छ । यो सदनभित्र मात्र होइन । सदनबाहिर पनि कानुनविपरीत कुरा हो ।"

उनले प्रधानमन्त्री बोल्दै गर्दा भएको अमर्यादित र अराजक गतिविधिबारे कार्यव्यवस्था समितिको बैठकमा छलफल गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro