site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीलाई योगेशको प्रश्न– मूर्ति चोर्नेहरू फेरि चाहिएको हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले नआउने ठोकुवा गरे ।

“इतिहासले छिनोफानो गरिसक्यो, अब केको हिसाबकिताब ?,” भट्टराईले भने, “राजतन्त्रको समयमा राजा महाराजाले बेचेका मूर्ति हामीले फिर्ता ल्याउँदै छौँ । मैले मन्त्री हुँदा पनि फिर्ता ल्याएको थिएँ ।”

उनले विगतमा मूर्ति लैजानेहरूलाई भिसा नचाहिने सुविधाको दुरुपयोग गरेको बताए । “आज देशको राष्ट्रपति पनि कुनै देश जानुपर्‍यो भने भिसा चाहिन्छ । इतिहास हेर्नुहोस्, कसलाई भिसा चाहिँदैनथ्यो ?,” भट्टराईले भने, “त्यस्तो सुविधा देशका महत्त्वपूर्ण मूर्ति चोरेर पुर्‍याउनेहरू अब फेरि चाहिएको हो ?”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro