site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय बैठकपछि गृहमन्त्री– षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा हालको संविधानविरुद्ध भइरहेको षड्यन्त्रमूलक गतिविधिको बारेमा समीक्षा भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको गणतन्त्र पक्षधरहरूको बैठकमा संविधान रक्षाको विषयमा सबै एकमत रहेको निष्कर्ष निकालिएको छलफलमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

"संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको छ । यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको सबैदलको एकमत छ," उनले भने ।

तीनकुनेमा भएको अमानवीय प्रकृतिको घटनामा सञ्चारमाध्यम, व्यापारव्यवसाय, राजनीतिक संस्थाको कार्यालयमा भएको आक्रमणबारे छलफल भएको उनले बताए ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro