site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गोली घटनाबारे सांसद गौतमले भनिन्– रियालिटी एउटा र भनिएको अर्को रहेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । मंगलबार (चैत १९) संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनक्रममा प्रशासनले आवश्यक कार्य पूरा नगरेको र सरकारले लापरबाही गर्दा युवकको ज्यान गएको उनले जिकिर गरिन् । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको भन्दै उनले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिइन् ।

“उहाँ (गृहमन्त्री)ले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्गप्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ,” उनले भनिन्, “अरू सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरू फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भएजस्तो हुन्छ ।”

उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनका बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताइन् । “सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन,” उनले भनिन्, “उहाँहरूले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ ।”

उनले घटनामा सरकार चुकेको टिप्पणी गरिन् । “आगो नलाग्नुपर्ने ठाउँहरूमा पनि लागेको छ, प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन,” उनले भनिन्, “त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro