राजनीति
-1743338750.jpg)
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरेका कानुन व्यवसायी तथा जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १८:४८
प्रतिक्रिया दिनुहोस्