site stats
बाह्रखरी :: Baahrakhari
खेल
मुख्य प्रशिक्षक एन्सेलोट्टी– कमजोर लेगानेसमाथि दबाब बनाउन सकेनौँ

काठमाडौं । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीले कमजोर लेगानेसमाथि आफ्नो टोलीले दबाब बनाउन नसकेको बताएका छन् ।

शनिबार लेगानिजविरुद्ध ३–२ को कठिन जित निकाले पनि आफ्नो टोलीले सन्तुलन कायम राख्न र खेलमा नियन्त्रण राख्न निकै संघर्ष गरेको जनाएका हुन् ।

“मलाई हामीले खराब खेल खेल्यौँ जस्तो लाग्दैन । तर हामीले सन्तुलन बनाई राख्न सकेनौँ, त्यसैले हामीले दुई गोल बेहोर्‍यौँ,” एन्सेलोट्टीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “उनीहरूले हामीविरुद्ध काउन्टरमा गोल गरे । हामीले अग्रतालाई जोगाएर राख्न सक्थ्यौँ । तर, यो नतिजा निकाल्न हामीले संघर्ष गर्नुपर्‍यो ।”

शनिबारको जितसँगै दोस्रो स्थानको रियाल ६३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, तालिकाको रेलिगेसन क्षेत्रमा रहेको लेगानेसले भने २७ अंक मात्रै जोडेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्