site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्लानिङ शीर्ष डिभिजन लिगमा बढुवा

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड शीर्ष डिभिजन लिगमा बढुवा भएको छ । प्लानिङ दुई खेलअगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजन लिगमा बढुवा भएको हो ।

मंगलबार ११औँ चरणमा बाँसबारीविरुद्ध २–० जित निकाल्दै लिगमा २७ अंकका साथ प्लानिङले ‘ए’ डिभिजन यात्रा तय गर्‍यो । प्लानिङले शीर्ष डिभिजन बढुवाका निम्ति ११ खेलमा तीन बराबरी र आठ जित निकाल्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जितका निम्ति प्लानिङले झापा फुटबल क्लबलाई २–१, च्यासल युथ क्लबलाई ४–०, मध्यपुर युथ एसोसियसनलाई २–०, ब्वाइज युनियन क्लबलाई २–१, सरस्वती युथ क्लबलाई ३–०, रानीपोखरी कर्नर टिम (आरसिटी) लाई १–० र बाँसबारी क्लबलाई ३–० ले पराजित गर्‍यो । त्यसैगरी ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित, श्री भगवती क्लब टोखासँग १–१ र श्री कुमारी क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

प्लानिङ ब्वाइज नेपाली डिभिजन लिगमा पाइला टेकेको १४ वर्षपछि शीर्ष डिभिजन लिगमा बढुवा भएको हो । २०६८ मा ‘सी’ डिभिजन क्वालिफार्यसमा छनोट हुँदै टोली ‘सी’ डिभिजन लिग तय गरेको थियो ।

प्लानिङ ब्वाइजले २०६९ मा ‘सी’ डिभिजनमा प्रतिस्पर्धा गरेको थियो । यसको १० वर्षपछि २०७९ मा सम्पन्न ‘सी’ डिभिजन लिगमा उपविजेता बन्दै टोली झापा फुटबल क्लबसँगै ‘बी’ डिभिजन लिगमा बढुवा भएको थियो । यो तहबाट बढुवा भएको तीन वर्षको अन्तरालमा टोली शीर्ष डिभिन लिगमा बढुवा भएको हो ।

सोमबार आठौँ जितमा प्लानिङलाई जित दिलाउन टोलीका सुजन थापाले गोल गरे । उनले फ्रिकिकमार्फत गोल गरेका थिए । यस्तै, प्लानिङले अर्को एक गोल भने बाँसबारीका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्