site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादी कहिले जुलुस निस्केला र लुटौँला भनेर बसेको देखियो : बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीका कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरीह बन्नुपरेको टिप्पणी गरेका छन् । आइतबार (चैत १७) नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

राजावादी प्रदर्शनकारी कहिले जुलुस निस्केला र लुटौँला भनेर बसेको देखिएको समेत उनले टिप्पणी गरे । “तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपाट मच्चिने । कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि ! त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि,” उनले भने ।

उनले राजावादीले राजनीतिक इच्छाले नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे । “राजनीतिक इच्छाका कुराले भन्दा पनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि,” उनले भने ।

मान्छे मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाटको अवस्थामा प्रहरी ‘साइत हेरेर बस्न नहुने’मा उनले जोड दिए । उनले भने, “सार्वजनिक सम्पत्तिमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?”

सरकारको गम्भीर त्रुटिका कारण जनधनको क्षति भएको उनले जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro