site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीको प्रदर्शन : घटना छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन
तस्बिर : रासस ।

काठमाडौं । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार (चैत १७) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट सरकारलाई यस्तो निर्देशन दिइएको हो ।

“...उक्त दिनको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न र यसप्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ,” समिति सभापति अम्मरबहादुर थापाले भने ।

प्रदर्शनक्रमका घटनाप्रति समितिले खेद प्रकट गरेको छ । “२०८१ चैत्र १५ गते शुक्रबारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुईजना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरू घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारीसाधनलगायत सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ,” उनले भने । 

प्रदर्शनक्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । समितिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका निम्ति आवश्यक प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro