site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

काठमाडौं । राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । 

Argakhachi Cement Island Ad

मिश्रले यसअघि पनि पटक पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए ।

प्रहरी परिसरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि रहेका छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनीहरुलाई टेकुमा राखिएको छ ।

ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्