site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी नागरिकले कुलमान र राजावादीको समर्थनमा प्रदर्शन गरेपछि...

काठमाडौं । माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विरोध र राजावादीको समर्थनमा प्रदर्शन गरेको खुलेको छ ।

अमेरिकी नागरिक जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) सुरुमा कुलमानको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका थिए । त्यसपछि उनले राजावादीको पोस्टर बोकेर प्रदर्शन गरेका थिए ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उनी माइतीघरमा एक्लै पुगेका थिए । बोहोराका अनुसार पक्राउ परेका उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । 

प्रहरीका अनुसार पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा कुनै पनि विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध छ ।

एसपी बोहोराका अनुसार सुरुमा उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए । “उनको नेतृत्वमा ८–१० जना जम्मा भई  ‘शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो, त्यसैले प्लास्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्,’ जस्ता नारासहित प्रदर्शन भएको थियो,” एसपी बोहोराले भने ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro