-1729522322.jpg)
काठमाडौं । एएफसी वुमन्स एसिया कप छनोटमा नेपालमा समूह ‘एफ’मा परेको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र’बाट नेपालले समूह ‘एफ’मा तीन प्रतिद्वन्द्वी पाएको हो ।
यस समूहमा नेपालसँगै उज्वेकिस्तान, लाओस र अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका छन् । यस समूहको छनोट खेलहरू उज्वेकिस्तानमा हुनेछ ।
छनोटमा कुल ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई आठ समूहमा विभाजन गरिएको छ । छनोटको प्रत्येक समूहबाट एक टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसिया कपमा स्थान बनाउनेछन् ।
नेपालले हालसम्म तीनपटक महिला एसिया कपमा प्रतिस्पर्धा गरेको इतिहास छ । तर, यी तीनै संस्करणमा नेपालले पहिलो चरण पार गर्न सकेको छैन । नेपालले पहिलोपटक सन् १९८६, दोस्रोपटक १९८९ र तेस्रोपटक सन् १९९९ मा प्रतिस्पर्धा गरेको थियो ।