site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसीप्रेरित मियामी ‘इस्टर्न कन्फेरेन्स’को शीर्ष स्थानमा 

काठमाडौं । चोटका कारण अन्तर्राष्ट्रिय विन्डो गुमाएका अर्जेन्टिनी कप्तान लियोनल मेसीको गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा फिलाडेल्फिया युनियनविरुद्ध २–१ को जित निकालेको छ । यो जितसँगै मियामी एमएलएस इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा सम्पन्न खेलमा मियामीलाई जित दिलाउन रोबर्ट टेलर र लियोनल मेसीले गोल गरे । पाहुना टिमका ड्यानियल गाजागले गोल फर्काएका थिए । 

खेलको २३औँ मिनेटमा टेलरले गोल गरेपछि मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५७औँ मिनेटमा मेसीले गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाए । मेसीले दोस्रो हाफमा मैदान प्रवेश गरेको दुई मिनेटमै गोल गरेका थिए ।

फिलाडेल्फियाका गाजागले ८०औँ मिनेटमा एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको मियामी इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा उक्लिएको छ । जारी सिजन मियामी अपराजित छ ।

तालिकाको दोस्रो स्थानमा रहेको फिलाडेल्फियाले भने ६ खेलबाट १२ अंक जोडेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro