site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत, तीनवटा अभियोगमा अनुसन्धान गरिँदै 

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हतकडी लगाएरै अदालतमा उपस्थित गराइएको छ । प्रहरीले केहीबेरअघि उनलाई हतकडी लगाएरै अदालतमा उपस्थित गराएको हो ।

अदालतमा अनुसन्धानका लागि म्याद थप गर्नका लागि उपस्थित गराइएको हो । काठमाडौं प्रहरी स्रोतका अनुसार, उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ । चैत १५ गते काठमाडौं तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्