खेल

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा श्री टुसाल युथ क्लबले पहिलो जित निकालेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसालले सरस्वती क्लबलाई १–० ले पराजित गर्दे पहिलो जित निकालेको हो ।
टुसालको जितमा कमल विश्वकर्माले निर्णायक गोल गरे ।
कमलले खेलको पहिलो मिनेटमा गरेको गोल नै टुसालका निम्ति पर्याप्त बन्यो ।
यसपछि दुवै टिमबाट थप गोल नहुँदा टुसालले तीन अंक जोडेको हो ।
लिगमा पहिलो जित निकालेको टुसालले तीन खेलमा पाँच अंक बनाएको छ । पराजित सरस्वतीले पनि तीन खेलबाट ६ अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १५:५९
प्रतिक्रिया दिनुहोस्