site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीएसजी उपाधिनजिक, के भन्छन् मुख्य प्रशिक्षक ?

काठमाडौं । फ्रेन्च लिग वानको उपाधिनजिक पुगेसँगै पेरिस सेन्ट जर्मन (पीएसजी)का मुख्य प्रशिक्षक लुइस एनरिकेले क्लबलाई अझ धेरै उपाधि जिताउने चाहना व्यक्त गरेका छन् । शनिबार सम्पन्न खेलमा एटिएनविरुद्ध ६–१ को सहज जित निकालेसँगै पीएसजी उपाधि नजिक पुगेको हो ।

पीएसजीलाई उपाधि निश्चित गर्न शनिबार मार्सेले रिम्ससँग पराजित हुनुपर्ने र मोनाकोले निससँग बराबरी खेल्नुपर्ने समीकरण थियो । रिम्सले मार्सेविरुद्ध ३–१ को जित निकालेको हो । तर, मोनाकाले निसलाई २–१ ले हराउँदा पीएसजीले उपाधि निश्चित गर्न अर्को खेल कुर्नुपर्ने भएको हो ।

“हामी अहिले नै च्याम्पियन बनिसकेका छौँ । तर, त्यसको सुनिश्चितताका निम्ति एक हप्ता कुर्नुपर्ने भएको हो । हामी लिगको सुरुदेखि नै उत्कृष्ट टिम थियौँ । हामी यो उपाधिको खुसीयाली घरेलु समर्थकसँग मनाउन चाहन्छौँ । अब हामी अरू प्रतियोगितामा पनि प्रतिस्पर्धात्मक बन्न आवश्यक छ । यो निकै कठिन पक्ष हो । हामी यो अवसरलाई खेर फाल्नु हुँदैन,” एनरिकेले भने ।

जारी सिजनमा पीएसजी अपराजित छ । तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले ७१ अंक बनाएको छ । जुन दोस्रो स्थानको मोनाकोको भन्दा २१ अंक धेरै हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro