site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले सशस्त्र द्वन्द्वलाई भने– राष्ट्रिय गल्ती

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’को संज्ञा दिएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ओलीले देशले अनावश्यक हिंसा भोग्नुपरेको बताए ।

“पीडामा मल्हम लगाउने ठाउँमा किन ग्लोरिफाई गरिरहेका छौँ ? उधुम गरेका थियौँ, राम्रो गरेका थियौँ, यही हो राम्रो ?,” उनले थपे । 

उनले विगतमा हजारौँ जनता पीडित हुनुपरेको बताए । हिजो गल्ती गरेकोमा जनताका अगाडि आत्मालोचक भएर पेस हुनुपर्ने उनको भनाइ छ ।

“त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो । त्यसलाई सच्याउनुपर्छ,” उनले भने । 

ओलीले आगामी दिनमा सोही घटना नदोहोरिने प्रतिबद्धता गनुपर्ने धारणा राखे । उनले शान्ति प्रक्रियाका काम टुंग्याउन समय लम्बिएको बताए । 

“लामो समय लाग्यो, नलाग्न पर्ने समय लाग्यो,” उनी भन्छन्, “आयोगहरू सफल हुन सकेनन् । के–के आइपर्‍यो, आयोग जानून् । दुर्भाग्यको कुरा हो ।”

उनले अब बन्ने सत्यनिरुपण र बेपत्ता आयोग भने सफल हुने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro