site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–बंगलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड
काँकडभिट्टा नाकाको दृश्य । फाइल तस्बिर ।

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँबराबरका मालसामान आयात गरिएको छ । २७ करोड ६८ लाख ५४ हजार रुपैयाँबराबरको सामग्री उक्त मुलुकमा निर्यात गरिएको छ ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार, बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोडबराबरको अप्रशोधित जुट आयात गरिएको छ । आयात गरिएको अरू वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एन्ड वेभरेजका मालसामान छन् । 

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रुपैयाँको खुदो निर्यात गरिएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बंगलादेश निर्यात गरिएको छ ।

द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro