site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कर्मा’का लागि सुशान्तले गाएको गीत ओएसटी हो ?
फाइल तस्बिर ।

काठमाडौं । गायक सुशान्त केसीले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । पार्श्व गायनमा सुशान्तको यो डेब्यु हो । 

गीतमा सुशान्तको स्वरसँग शब्द र संगीत पनि छ । निर्देशक सौरभ चौधरीका अनुसार उनले लभ सङ गाएका छन् । 

Argakhachi Cement Island Ad

“सुशान्तको गीत प्रोमोसनल सङ होइन, चलचित्रमै राखिएको गीत हो,” सौरभले भने, “यही शनिबार गीत सार्वजनिक हुनेछ ।” 

सौरभको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय  छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर छ । 

‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्