site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरीको आगलागी अझै नियन्त्रणबाहिर, पाँच सुरक्षाकर्मीसहित सातजना घाइते

काठमाडौं । सुनसरीको इटहरी उपमहानरपालिका–६, स्थित सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण गर्ने क्रममा सातजना घाइते भएका छन् । जसमध्ये पाँचजना सुरक्षाकर्मी छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, आगो अझै नियन्त्रणमा आएको छैन ।

“पाँच घण्टाअघि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । पाँचजना सुरक्षाकर्मी र अन्य गरी सातजना आगो नियन्त्रण गर्ने घाइते भएका छन,” उनले भने ।

सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यसअघि, आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको थियो । आगलागीमा फसेका मासिनहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro