देश
-1743171854.jpg)
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंनिकट रोयल टास्क फोर्स (आरटीएफ)का ‘कमान्डर’ मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार (चैत १६) उनलाई बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।
शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले केही नेता–कार्यकर्ता र व्यक्तिलाई पक्राउ गरेको छ । प्रसाईं फरार छन् । प्रसाईं राजावादी प्रदर्शनको ‘कमान्डर’ तोकिएका थिए ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ १५:०३
प्रतिक्रिया दिनुहोस्