site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना
मेयर बालेन्द्र शाह (बालेन) र पूर्वराजा ज्ञानेन्द्र शाह । फाइल तस्बिर ।

काठमाडौं । तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ ।

महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि पूर्वराजा शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ ।

त्यस्ता आठ पत्रमार्फत महानगरले पूर्वराजा शाहलाई कुल सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) तीनकुनेमा प्रदर्शनका क्रममा राजावादीले तोडफोड र आगजनी गरेका थिए । राजावादी हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro