site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिंसात्मक प्रदर्शनको समीक्षा गर्दै राप्रपा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । 

बैठकमा शुक्रबार (चैत १५) तीनकुनेसहितका क्षेत्रमा गरिएको प्रदर्शनको समीक्षा हुने बताइएको छ । शुक्रबार राजावादीको प्रदर्शन हिंसात्मक थियो ।

शुक्रबार नै राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । राप्रपाले समर्थन गरेको राजावादीको प्रदर्शनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्न लागेको नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्