site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुनेमा पेस्तोल देखाउने व्यक्ति प्रहरी नै, जलाइएको गाडी ब्युरोको  

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनमा क्रममा पेस्तोल देखाउने व्यक्ति प्रहरी नै रहेको पुष्टि भएको छ । उनी लागुऔषध नियन्त्रण ब्युरोका असई भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरमा राजावादीले जलाएको गाडी पनि आफूहरूकै भएको ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीले जानकारी दिए । “फिल्डमा सादा पोसाकमा ब्युरोबाट प्रहरी परिचालन गरिएको थियो । हाम्रो गाडी जलाउने क्रममा ब्युरोकै अधिकारीबाट खटिएका प्रहरी अधिकारीले पेस्तोल देखाएका हुन्,” एसपी अधिकारीले बाह्रखरीसित भने, “तर, गोली भने चलेन । ब्युरोबाट सिभिल ड्रेसमै खटिएका हुन्छन् ।”

ब्युरोका अधिकारी सवार गाडीमाथि आगजनी गरिएपछि उनीहरूलाई तर्साउन पेस्तोल निकालिएको उनले बताए । 

शुक्रबार एक व्यक्तिले पेस्तोल निकालेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro