site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र र धवलशमशेर भेट्न प्रहरी परिसर पुगे लिङदेन र शाही 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही शुक्रबार (चैत १५) पक्राउ परेका नेता–कार्यकर्ता भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । राजतन्त्रका पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा राखेको हो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पार्टीका केही नेता–कार्यकर्ता पक्राउ गरिएको छ । “राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही र एकजना अर्का नेताले भेट गरेका छन्,” परिसरका एसपी अपीलराज बोहोराले बाह्रखरीसित भने ।

शनिबारै राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पनि परिसर पुगेर उनीहरूलाई भेटेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro