site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्न हरिवंश के गर्छन् ?

काठमाडौं । कलाकार हरिवंश आचार्यले मानसिक रूपमा स्वस्थ राख्न आफूले नकारात्मक कुरालाई दिमागमा नराख्ने गरेको बताएका छन् । मानसिक रूपमा स्वस्थ रहने र नकारात्मक कुरालाई मनमा नराख्ने हो भने काम गर्न सहज हुने उनको भनाइ छ ।  

यही कारण आफू ६७ वर्षसम्म पनि सक्रिय रूपमा काम गरिरहेको उनले बताएका छन् । “मानसिकरूपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबल टेनिसको बललाई हिर्काएजस्तै प्याट्ट अर्कोतिर फाल्छु,” उनी भन्छन्, “आध्यात्मिक रूपमा पनि ध्यान गर्ने अभ्यासले फाइदा पुगेको छ ।” 

यही कारण आफू समकालीनसँगै नयाँ पुस्तासँग काम गरिरहेको बताउँछन् । हरिवंश करिब ५० वर्षदेखि अभिनयमा छन् । 

तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा मंगलबार साँझ विजय बरालसँग भलाकुसारी गर्दै हरिवंशले आफूलाई शारीरिकरूपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरतसमेत गर्ने बताए । 

उनले प्रहसन र नाटकमा धेरै फरक नरहेको भन्दै आफू सधैँ नाटकको नजिक रहेर काम गरिरहेको बताए । 

नाटकको पृष्ठभूमिबाट आएको कलाकारको जग बलियो हुने भएकाले अहिले नेपाली चलचित्र उद्योगलाई थिएटरका कलाकारले नेतृत्व गरेको उनको तर्क छ । 

हरिवंशले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूठान’मा काम गर्दाको अनुभव सुनाए । ‘भूठान’मा काम गर्दा नयाँ पुस्तासँग धेरै सिक्ने अवसर पाएको उनले बताए । ‘भूठान’लाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको उनले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro