site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले आफ्नो अधिकार प्रयोग गरेर कुलमानलाई हटाएको हो : सञ्चारमन्त्री 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गरेर विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सुशासन कायम गर्न घिसिङलाई हटाएको उल्लेख गरे ।

“सरकारले जे निर्णय गरेको छ, त्यो निर्णयले सुशासन कायम हुन्छ,” उनले भने, “सरकारले आफ्नो अधिकार प्राप्त गरेको छ, त्यही अधिकार प्रयोग गरेर काम गरेको हो । नाफा नोक्सान हेरेर निर्णय गरेको होइन, आजको आवश्यकता हेरेर निर्णय गरेको हो ।”

समर्थक सडकमा आएको विषयमा गुरुङले लोकतन्त्रमा मान्छे सडकमा निस्किन पाउने बताए । “सरकारले गरेको निर्णयमा असन्तुष्टि जनाउने, सर्मथन गर्ने अधिकार छ,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro