राजनीति
समितिमा पेस गरिँदै विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार (भदौ २) दुई संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका एक/एक समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।
यी दुवै बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्नेछ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ ०५:५०
प्रतिक्रिया दिनुहोस्