site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । 

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो । रासस

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०५:३७
प्रतिक्रिया दिनुहोस्