राजनीति
आर्थिक वर्ष ०८२/८३ लाई सर्वोच्चले फैसला लेखन वर्ष बनाउँदै

काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०८२/८३ लाई फैसला लेखन वर्षका रूपमा मनाउने भएको छ । सर्वोच्च अदालतले उच्च अदालतका मुख्यन्यायाधीश र न्यायाधीशहरू तथा जिल्ला अदालतका न्यायाधीशहरूसमेत सहभागी समीक्षा बैठकमार्फत आर्थिक वर्ष ०८२/८३ लाई फैसला लेखन वर्ष मनाउने घोषणा गरेको हो ।
समीक्षा बैठकमा न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले लिएका लक्ष्य र कार्यान्वयनको अवस्था समीक्षा भएको थियो । समीक्षामा रणनीतिक योजनाका लक्ष्य भेटिने क्रम सुरु भए पनि पूर्णरूपमा भने कार्यान्वयन भइनसकेको निष्कर्ष निकालिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ २२:४१
प्रतिक्रिया दिनुहोस्