प्रवास
कुवेतमा विषाक्त मदिरा प्रकरण– दुई नेपालीसहित ६७ जना पक्राउ
विषाक्त मदिरा सेवनका कारण १६ नेपालीको ज्यान गइसकेको छ

काठमाडौं । कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा दुई नेपालीसहित ६७ जना पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएके छ ।
पक्राउ पर्ने नेपालीमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । पक्राउ परेका अन्यमा भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।
कुवेतमा गतसाता विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना नेपाली रहेका छन् । विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये ३६ जना नेपाली रहेका छन् । कुवेतमा मदिरा सेवन प्रतिबन्ध रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ ०९:२३
प्रतिक्रिया दिनुहोस्