site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज आकस्मिक बाढीको ‘मध्यम’ जोखिम
मेलम्ची नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका केही साना नदीमा आज (भदौ २) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने पूर्वानुमान छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

इलाम, मोरङ, कास्की, लमजुङ र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

सोमबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्