site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेससँग सुदूरपश्चिम पराजित

काठमाडौं । प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशविरुद्ध मधेस प्रदेशले ६४ रनको जित निकालेको छ ।

मंगलबार सिद्धार्थ नगर रंगशालामा सम्पन्न खेलमा मधेस प्रदेशले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २९ ओभरमा ५८ रनमै समेटियो ।

सुदूरपश्चिमका हेमन्त धामीले १९ रन बनाए । उनीबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । सुदूरपश्चिमका पाँच खेलाडी शून्यमा आउट भए । जसमध्ये तीन खेलाडी ‘गोल्डेन डक’ भए ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न मधेसका विशाल पटेलले ६ विकेट लिए । उनले ६ ओभरमा दुई मेडन फ्याक्दै १८ रन मात्र खर्चिए । प्रदीप पासवानले तीन विकेट लिँदा रुपेस सिंहले एक विकेट लिए ।

त्यसअघि मधेसले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल खडा गरेको थियो ।

मधेसका प्रदीप पासवानले सर्वाधिक २३ रन बनाए । पवन सराफले १९ र दिपेश दासले १२ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान चार विकेट लिए । नारायाण जोशी र विकास आग्रीले पनि समान एक विकेट लिए ।

जितसँगै मधेसले आठ खेलबाट ६ अंक बनाएको छ । पराजित सुदूरपश्चिमले नौ खेलबाट समान ६ अंक नै जोडेको छ । यी दुई टिम अंक तालिकामा क्रमशः सातौँ र आठौँ स्थानमा छन् । दुवै टिमको सेमिफाइनल सम्भावना भने समाप्त भइसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro