देश

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा बिहीबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चारजना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।
तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एकजनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्