site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी कम गर्न सकिन्छ हावाहुरीबाट हुने क्षति
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशमा हाल प्रिमनसुनको अवस्था छ । अंग्रेजी क्यालेन्डरका तीन महिना – मार्च, अप्रिल र मेको अवधिलाई प्रिमनसुन भनिन्छ ।

मौसमविद्का अनुसार, प्रिमनसुनमा हावाहुरीको बढी जोखिम हुन्छ । गएको फागुन १७ गतेदेखि प्रिमनसुन सुरु भएको हो ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बाह्रखरीसित भनेका छन्, “हावाहुरी चल्ने हुँदा आगलागी नियन्त्रणमा गर्नुपर्ने उपायहरूमा अझ बढी ध्यान दिनुपर्छ ।”

नेपालमा घटिरहने प्राकृतिक प्रकोपमध्ये हावाहुरी पनि एक भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पूर्वतयारी गरिए हावाहुरीबाट हुने क्षति रोक्न सकिने पनि जनाएको छ ।

प्राधिकरणका अनुसार, यी हुन् हावाहुरीको जोखिमबाट जोगिने उपाय–
१. हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउने
२. फुसको छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँध्ने
३. घर बनाउँदा नै हावाहुरीप्रतिरोधी छानाको निर्माणमा ध्यान दिने
४. जस्तापाताको छानालाई ‘जे हुक’ले कसेर बाँध्ने
५. घरको छतमा गमला, इँटाजस्ता सामग्रीलाई खुला नराख्ने, फलामको रेलिङ वा नझर्ने गरी व्यवस्थित तरिकाले मात्र राख्ने
६. हावाहुरी चलेको बेला घरबाहिर नजाने
७. हावाहुरी चलेको समयमा झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्ने
८. यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेका बेला हावाहुरी चले सुरक्षित स्थानको खोजी गरेर बस्ने
९. बजार तथा भीडभाडमा भएका बेला हावाहुरी चले भागदौड नगर्ने, विस्तारै सुरक्षित स्थानमा गएर बस्ने
१०. खुला ठाउँमा भएका बेला ठूलो हावाहुरी चले थुचुक्क र दुवै हातले टाउको छोपी घोप्टो परेर बस्ने
११. हावाहुरी चल्दा रुखमुनि र कमजोर भौतिक संरचना भएको स्थानमा नबस्ने
१२. हावाहुरीको समयमा खुला ठाउँमा आगो नबाल्ने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro