site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सक्रिय हुँदै पश्चिमी वायु, काठमाडौंसहित केही स्थानमा तीन दिन वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा अबका तीन दिन वर्षाको पूर्वानुमान गरिएको छ । तर, निरन्तर र ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षा हुनेछ । यसमा पश्चिमी वायुको भूमिका प्रमुख हुने र त्यो सक्रिय हुन लागेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

“विशेष गरी पश्चिमी र स्थानीय वायु दुवैको प्रभाव रहने देखिन्छ,” उनले बाह्रखरीसित भनिन्, “अबको तीन दिन बदली/हल्का वर्षाको सम्भावना छ ।”

शुक्रबार (चैत ८)देखि तीन दिन देशका केही भूभागमा बदली (आकाशमा बादल) र वर्षाको अवस्था रहने उनले बताइन् । यसको प्रभाव पूर्वमा बढी हुने उनले जानकारी दिइन् ।

“पूर्वी भूभागमा बढी प्रभाव देखिन्छ । पश्चिममा कम छ, पूर्व र मध्य भूभागमा प्रभाव बढी हुन्छ,” उनले भनिन् ।

उनका अनुसार, पूर्वी नेपालमा यसको प्रभाव देखिन सुरु भइसकेको छ । “गए रातिदेखि नै बादलहरू प्रवेश गरिसकेको छ,” उनले भनिन्, “कोसी प्रदेशमा छिटपुट पानी पर्न सुरु भइसक्यो ।” 

कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । “काठमाडौंमा घाम–बादल, घाम–बादल हुनेछ,” उनले भनिन्, “काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ ।”

मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताइन् । हाल प्रिमनसुन अवधि हो । प्रिमनसुनमा मेघगर्जन/चट्याङ, हावाहुरीको सम्भावना हुने महाशाखाले जनाएको छ ।

यस्तो अवस्था तत्काललाई तीन दिनसम्म रहने उनले जानकारी दिइन् । “आजबाट बदलीको अवस्था रहन्छ,” उनले भनिन्, “पर्सि (चैत १०) साँझदेखि मौसममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro