site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनका निम्ति आफ्नो जर्सी सार्वजनिक गरेको छ । बिहीबार (चैत ७) होटेल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् ।

क्लबका दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ । 

कार्यक्रममा मेयर महर्जनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको स्मरण गरे । योपटक पनि उपाधि जित्न उलने क्लबलाई शुभकामना दिए ।

ललितपुर सिटीको मार्की प्लेयरमा अनन्त तामाङ छन् । ललितपुरले यही चैत १६ गते उद्घाटन खेल खेल्नेछ । उक्त खेलमा ललितपुरले काठमाडौं रेजर्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro