site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी एक लाख १५ हजारमा बिक्री 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ । बिहीबार होटेल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् ।  

क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो र कालो छ भने अर्को सेतो र रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ । 

जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो । इंग्ल्यान्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेन्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो । 

उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए । अन्तिममा सरोज कार्की ले एक लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए । 

उनले आफू पहिलादेखि नै म्यानचेष्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि एक लाखभन्दा माथि खर्च गरेको बताए । 

ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन् । ललितपुर सिटी एफसीले  चैत १६ गते उद्घाटन खेल खेल्नेछ । उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro