site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीमा नेपालीको ‘होली हंगामा’

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा नेपाली समुदायबाट होली हंगामा आयोजना गरिएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले आयोजना गरेको होली कार्यक्रममा सयौँ नेपाली सहभागी भई एकापसमा रङ लगाएर शुभकामना आदानप्रदान गरे ।

होली कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली कलाकारको प्रस्तुतिसहित नेपाली खाना र तराई, मधेस झल्कने विशेष प्रस्तुति समेटिएको थियो ।

स्थानीय ग्रानभिल क्षेत्रकी सांसद जुलिया फिनले होली कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । उनले बहुसांस्कृतिक समाजको सुन्दरता भनेको सबै धर्म, जात र कला–संस्कृतिको सम्मान गर्नु रहेको बताइन् । रङको पर्व होलीले अस्ट्रेलियामा समेत चर्चा पाइसकेको उनले उल्लेख गरिन् ।

j2-1742105851.jpg
कार्यक्रममा एनआरएन ओसेनियाका उपसंयोजक अरुण ठाकुरले विदेशमा बस्दा पनि होलीको महत्त्व बिर्सन नहुनेमा जोड दिए । होलीले नेपालीबीच आपसी सद्भाव र अपनत्व काय राख्न थप मद्दत पुग्ने उनले बताए ।

एन्टाका अध्यक्ष रन्जीत शाहले विदेशमा रहे पनि आफ्नो कला–संस्कृति बिर्सन नहुने बताए । नेपाली कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसाथ एन्टाले होली कार्यक्रम आयोजना गर्दै आएको उनले सुनाए ।

कार्यक्रममा गायक सुदिन पोखरेलको गीतले युवावर्गमा निकै रङ ल्याएको थियो । यस्तै, निर्देशक सोभित बस्नेतले बन्दै गरेको नयाँ चलचित्र ‘पीआर’को चर्चा गर्दै यसका कलाकारलाई स्टेजमा उतारेका थिए ।

होली हंगामामा आरीफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिसा गौतमलगायत कलाकारको विशेष प्रस्तुति थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro