site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमाथि कर्णालीको साँघुरो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

बिहीबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४९.४ ओभरमा २०० रन बनाउँदा सबै विकेट गुमायो ।

लुम्बिनीको ब्याटिङमा प्रज्वाल थापाले सर्वाधिक ८४ रन बनाए । उनले १०७ बलमा ६ चौका प्रहार गरे । कप्तान देव खनालले ४० रन जोडे । आकाश त्रिपाठीले २१ रन र मनिष थापाले १६ रन बनाए ।

बलिङमा कर्णालीका दिनेश अधिकारी र दिपेन्द्र रावतले समान तीन विकेट दिलाए । प्रकाश जैशीले दुई विकेट लिँदा दिवान पुन र सुनिल धमलाले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २०६ रनको लक्ष्य सुम्पेको थियो । कर्णालीका दिपेन्द्र रावटले सर्वाधिक ६६ रन बनाए ।

८४ बलमा उनले ९ चौका प्रहार गरे । अर्जुन घर्तीले ५६ रन जोडे । सुनिल धमलाले १९ रन बनाए । दिनेश अधिकारीले १६ रन प्रहार गरे निश्चल रावलले ११ रन जोड्दा विपिन रावलले १० रन प्रहार गरे ।  

बलिङतर्पm रमेश कुर्मीले ३७ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङ, अजय चौवानले, बीप्रासोन केसीले समान एक एक विकेट लिँदा देव खनालले एक विकेट दिलाए ।

जितसँगै कर्णाली तेस्रो जित निकाल्दै ६ अंक बनाएर अंक तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । पराजित लुम्बिनी भने हारे पनि आठ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro