site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा वायु प्रदूषण उच्च, एक्यूआई २०० नजिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १९७ पुगेको छ ।

यस्तै, रत्नपार्कको १५६ र ललितपुरको खुमलटारको १५३ मापन भएको छ । स्वास्थ्यका हिसाबले काठमाडौं अस्वस्थकर बनेको छ  ।

बुधबार २४ घण्टामा ती स्थानको औसत एक्यूआई ११० देखि १४० सम्म मापन भएको थियो । बिहीबार २४ घण्टामा भने एक्यूआई १५४ देखि १६० सम्म पुगेको विभागको रेकर्ड छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro